Uncategorized

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र सुदूरपश्चिम विजयी

Banner

काठमाडौँ, पुस ११-
प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

बागमतीले लुम्बिनी प्रदेशलाई र सुदूरपश्चिमले मधेस प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले लुम्बिनीमाथि नौ रनको झिनो अन्तरले पराजित गरयो ।

बागमतीले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्यलाई लुम्बिनीले निर्धारित २० ओभर आठ विकेट गुमाउँदै एक सय रनमा समेटियो । लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले २९ रन बनाइन् भने कमला घर्तीमगरले २०, सरस्वती पुनले १७ तथा लक्ष्मी चौधरीले ११ रन बनाए ।

बागमतीका लागि कप्तान अस्मिना कर्माचार्य र खुसी डङ्गोलले समान दुईरदुई विकेट लिए भने संस्कृति फुयाल, सोनी पाख्रिन र मनिषा उपाध्यायले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९ रनको योगफल बनाएको थियो । बागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक ४६ रनको योगदान दिइन । त्यस्तै याशु पाण्डेले अविजित १२ रन बनाए ।

लुम्बिनीका लागि शर्मिला रोक्काले तीन विकेट लिइन् भने मनिषा राना, कीर्तिका मरासिनी, मधु डिसी र कमला घर्तीमगरले समान एकरएक विकेट लिए । जितसँगै बागमतीले पाँच खेलमा छ अङ्क जोडेको छ । त्यस्तै हारसँगै लुम्बिनीले समान खेलबाट चार अङ्क जोडेको छ । त्यससैगरी माथिल्लो मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि पाँच विकेटको जित हासिल गर्‍यो ।

मधेसले प्रस्तुत गरेको ८३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलव ५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । त्यस्तै सम्झाना खड्काले २१ तथा कप्तान रितु कनौजियाले १० रन बनाइन् । मधेसका लागि कप्तान कविता गौतम र साक्क्षी यादवले समान दुईदुई विकेट लिए भने तथा पूजा महतोले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । मधेसका लागि पूरा महताले सर्वाधिक २७ रन बनाइन् । त्यस्तै साना प्रविनले अविजित १९ र रोजी कदारीले १० रन जोडे ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले चार विकेट लिइन् भने जानकी थापा र कविता जोशीले समान एकरएक विकेट लिए । जितसँगै सुदूरपश्चिमले पाँच खेलमा आठ अङ्क जोडेको छ । समान खेल खेलको मधेसको दुई अङ्क छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>