चितवन विशेष

पुसको चिसोमा पनि चितवनमा डेँगु, चार जनामा संक्रमण

Banner

पुजा ढकाल

चितवन, पुस ११-

चितवनमा पुसको चिसोमा पनि मानिसहरुमा डेँगु संक्रमण देखिइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका, खैरहनी, कालिका र रत्ननगर नगरपालिकाका १÷१ जना रहेका छन् । तर, हिजो भने जिल्लामा कुनै पनि व्यक्तिमा संक्रमण पुष्टि भएको थिएन ।

यस वर्ष चितवनमा २१ हजार १०५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६०१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ६२१ रहेका छन् । जसमा ३१३ पुरुष, ३०८ महिला रहेका छन् । यस्तै खैरहनी नगरपालिकाका १७७ मध्ये १०१ पुरुष, ७६ महिला, माडी नगरपालिकाका २१ मध्ये ११ पुरुष, १० महिला रहेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, तथ्यांकमा उल्लेख भए अनुसार रत्ननगर नगरपालिकाका १९८ मध्ये ११५ पुरुष र ८३ महिला, राप्ती नगरपालिकाका ६८ संक्रमित मध्ये ३३ पुरुष र ३५ महिला, कालिका नगरपालिकाका २२ जना मध्ये १७ पुरुष र ७ महिला रहेका छन् । त्यस्तै इच्छाकामना गाँउपालिका ४३ संक्रमितमा २० पुरुष र २३ महिलामा डेंगु संक्रमण पुष्टि हुँदा ठेगाना नखुलेका १३७ र ३१४ जना अन्य जिल्लाका रहेको तथ्यांकमा उल्लेख छ । यस वर्ष जिल्लाका एक हजार ६०५ जनामा डेँगु संक्रमण पुष्टि हुँदा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

डेँगु भनेको के हो ?

डेँगु लामखुट्टेबाट फैलने भाइरल इन्फेक्सन हो । यो एडिस जातको लामखुट्टेकोे टोकाइबाट लाग्ने गर्छ । यद्यपि यो भाइरस मानिसको शरीरमा १० दिनभन्दा बढी जीवित रहन सक्दैन । तर, जब डेंगुको संक्रमणले गम्भीर रुप लिन्छ, तब रक्तस्रावी ज्वरो (डेंगू हेमोरेजिक फिभर) हुने खतरा हुन्छ । यसमा धेरै रगत बग्ने, रक्तचापमा अचानक गिरावट आउने र बिरामीको मृत्युसम्म हुने सम्भावना हुन्छ ।

डेँगुका लक्षण

डेँगु हल्का या गम्भीर दुवै खालको हुनसक्छ । यसको लक्षण पनि अलग–अलग देखिन्छ । खासगरी बालबालिका र किशोरहरुमा माइल्ड डेंगु हुँदा कैयौंपटक लक्षण देखिँदैन ।

संक्रमित भएपछि डेँगुका हल्का लक्षण चारदेखि सात दिनभित्र देख्नि सुरु हुन्छ । १०४ सम्म ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी हड्डी र जोर्नीमा दुखाइ हुने, बान्ता आउने, जिउ दुख्ने, आँखामा दुख्ने, छालमा रातो धब्बा देखिने गर्छ । त्यस्तै गम्भीर अवस्थामा रगतमा प्लेटलेट्स कमी हुन्छ । जस्मा तीव्र पेट दुखाई, लगातार बान्ता हुने, नाकबाट रगत बग्नु, पिसाब, दिसा र बान्तामा रगत देखिनु, श्वास फेर्न गारो हुने, थकान महसुस हुने आदि जस्ता लक्षण देखिन्छ ।

डेंगु संक्रमणको उपचारः

डेँगुको कुनै खास औषधि उपलब्ध छैन । त्यसैले पर्याप्त मात्रामा स्वच्छ पानी तथा झोलिलो पदार्थ पिउनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>