चितवन विशेष

क्याम्पाचौरमा होटल व्यवसायी संघले रैथाने फुड फेस्टिबल गर्दै, स्टल बुकिङ खुला

Banner

चितवन, पुस ६–

होटल व्यवसायी संघ चितवनले नारायणगढस्थित क्याम्पाचौरमा आयोजना गर्न लागेको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल हुन लागेको हो ।

फुड फेस्टिबलमा साना ठुला गरी ३९ वटा स्टल रहनेछन् । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछन् । फुड फेस्टिबलका लागि स्टल बुकिङ खुला गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिनुभयो । साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको उहाँले बताउनुभयो । फुड फेस्टिबलमा रैथाने खानेकुरालाई प्राथमिकता दिइएको छ भने विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन् ।

फुड फेस्टिबलमा पशुपती शर्मा, प्रिति आले, अनु चौधरी, हास्य कलाकार सुवोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापती पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरु लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने होटल व्यवसायी संघ चितवनका सचिव कृष्णकुमार महतोले जानकारी दिनुभयो । साथै स्याडोज व्याण्डको प्रस्तुती पनि हेर्न सकिने महतोले बताउनुभयो ।

फुड फेस्टिबलको मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि रहेको छ भने हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिर्सोट रहेका छन्् । वल्र्डलिंक कम्युनिकेशनले फुड फेस्टिबलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>