फुटबल

एनएसएल लिगमा धनगढी र काठमाडौं भिड्दै

Banner

काठमाडौं, पुष २–

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन् । खेल साँझ ६ बजे सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ । काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा मैदान प्रवेश गर्नेछ ।

जारी प्रतियोगितामा धनगढी अपराजित टिम हो । धनगढीले खेलेका पाँच खेलमा तीनमा जित र दुईमा बराबरी खेलेको छ । काठमाडौंले दुईमा जित, दुईमा बराबरी र एक खेलमा हार व्यहोरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>