क्रिकेट

फिनिक्स कलेजले ब्याट्सम्यान कुशल मल्लसिहत ५ खेलाडीलाई दियो पूर्ण छात्रवृत्ति

Banner

काठमाडौँ, पुस १-

बीबीए अध्ययनको लागि नेपाल राष्ट्रिय क्रिकेट टिमका उदयीमान ५ क्रिकेट खेलाडीलाई पूर्ण छात्रवृत्तिको अवसर पाएका छन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौसम (श्याम) ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बीबीए अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

फिनिक्स कलेजले यसअघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, सूर्य तामाङ र भीम सार्कीलाई ४ वर्षे बीबीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>