कालिका

एक करोड लगानीको नयाँ भवनबाट कालिका नगरपालिकाको १० नम्बर वडाको सेवा सुरु

Banner

चितवन, मंसिर २७-

कालिका नगरपालिका वडा नम्बर १० ले एक करोड लगानीमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु गरेको छ ।

भवनको बुधबार कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेसँगै वडाले नयाँ भवनबाट सेवा सुरु गरेको हो ।

बैठक हलसहित ६ कोठाको भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने नगरपालिका र वडा कार्यालयको विश्वास छ । अस्थायीका साथै साँघुरो भवनबाट सेवा दिन समस्या भएको भन्दै नयाँ भवन उद्घाटन गरिएको छ । वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजाको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा मेयर रेग्मीले वडा नं. ८ को कार्यालय भवन बाहेक सबै वडाको भवन निर्माण सम्पन्न भइसकेको बताए । उता नगरपालिकामा समेत भब्य र सुविधा सम्पन्न कार्यालय भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भई अन्तिम चरणमा रहेको जानकारी दिए ।

कालिका वडा नं. १० का विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषिलगायतका कार्यहरु अगाडि बढिरहेको मेयर रेग्मीले बताए । उनले भने, ‘वडा कार्यालय राम्रो मात्र भएर हुदैन यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले जनतालाई मुस्कानसहितको सेवा दिनुपर्छ, उनीहरुको समस्या सुन्ने, उत्पादनसँग जोडेर आयआर्जनमा विशेष जोड दिनुपर्छ ।’

कालिका नगरपालिकाका उपमेयर बिमला तामाङले नगरका संस्थापक नगर प्रमुख र उपप्रमुखले नगरका वडा कार्यालय भवनको निर्माण कार्य सुरुवात गरेकोमा खुसी लागेको बताइन् । कार्यालयमा सेवा दिँदा यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले मुस्कानसहितको सेवा दिन आग्रह उनले गरिन् । उनले भनिन्, ‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन् ।’ यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ ।’

कार्यक्रममा कालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणिशर्मा गौतम, पूर्वाधार समितिका संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष लक्ष्यमण पौडेल, संस्थापक वडा अध्यक्ष दिलबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अधिकांश वडाका वडा अध्यक्षहरु र नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति थियो । नगरका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले सहजीकरण गरेको कार्यक्रममा वडा नं. १० की वडा सदस्य सुमित्रा तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>