क्रिकेट

एसिया कपमा नेपालले आज भारतसँग खेल्दै

०
Banner

काठमाडौं,मंसिर २६-

एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ। खेल विहान पौने ११ बजे दुबईमा हुनेछ। गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

नेपालले भने आफ्ना सुरुआतका दुवै खेल हारेको छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो। आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ। पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसैले नेपाल आज जित दर्ता गर्ने लक्ष्यमा हुनेछ। सेमिफाइनल पुग्ने लक्ष्य राखे पनि नेपालले सुरुआतका दुवै खेल हारेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>