समाचार
१० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं, असोज २८-
संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनालाई अनुमोदन गरेको छ । बुधबार समितिले १० देशका लागि प्रस्तावित राजदूतको नाम सिफारिस गरेको हो । जसमा भारतका निम्ति डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा, अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो ।
यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, ओमानका निम्ति डा। पदमाक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झालाई अनुमोदन गरिएको हो । समितिले साउदी अरेबियाका निम्ति प्रस्तावित गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ । मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल, जापानका लागि जिज्ञानकुमार थापाको नामबारे भने समितिले निर्णय लिन बाँकी छ ।























