शिक्षा

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

०
Banner

काठमाडौँ, मंसिर २६–

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर २५ गतेसम्म मात्र भर्नाको म्याद थियो । अब पुस २४ गतेसम्म भर्नाका लागि आवेदन दिन सकिनेछ।

स्नातकोत्तर तथा अधिस्नातक तहमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी म्याद थप गरिएको सूचना त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयले जनाएको छ।

सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२३ (२०८०/०८१) को अधिस्नातक तथा स्नातकोत्तर तहका केन्द्रीय विभागहरू र क्याम्पसहरू तथा विभाग र कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्नाको आवेदन फाराम भर्ने समयावधि पुस २४ गतेसम्म थप गरिएको जनाएको छ।

आवेदन फाराम पुस २४ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमा पुस २६ गते राती १२:०० बजेसम्म भर्न सकिनेछ । प्रवेश परीक्षा पुस २७ गतेदेखि हुनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>