देश/प्रदेश

प्रमुख कार्यकारी अधिकृतका लागि साझा यातायातको आवेदन खुला

Banner

काठमाडौँ, मंसिर २५-

साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुला गरेको छ । रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि आज एक सूचना जारी गर्दै साझा यातायातले दरखास्त आव्हान गरेको हो ।

कम्तीमा ३५ वर्ष उमेर पूरा भई ५८ वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा सूचना प्रकाशन मितिले ३५ दिनभित्र आवेदन दिन सक्ने सुचनामा उल्लेख छ ।

जारी सूचना अनुसार प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित संघ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको र सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुन पर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area