समाचार
समयमा काम नसक्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा
०

काठमाडौं, मंसिर २५-
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।
सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार–सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।
त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको छ। त्यस्तै, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ।
पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढडेढ वर्ष कालोसूचीमा राखिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























