पत्रपत्रिका

सरकारले छुट सुविधा पाएकालाई फिर्ता गर्‍यो चार अर्ब ५८ करोड कर

०
Banner

काठमाडौं, मंसिर २५-

सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८० को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो ।

अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले छुट सुविधा प्राप्त गर्ने त्यस्ता संस्था र व्यक्तिलाई कर फिर्ता गर्दै आएको छ । विभागका अनुसार गत आवमा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं कूटनीतिक एजेन्सीको ८५१ वटा कर फिर्ता दाबी परेको थियो । ती निकायले विभागसमक्ष ५९ करोड ३१ लाख रुपियाँ कर फिर्ता दाबी गरेकामा ५२ करोड ४४ लाख रुपियाँ फिर्ता गर्ने विभागले निर्णय गरेको छ ।

यसमध्ये पनि कूटनीतिक नियोग एवं कूटनीतिज्ञले कुल १५ करोड ४५ लाख रुपियाँ फिर्ता दाबी गरेकामा एक करोड २७ लाख रुपियाँ मात्र फिर्ता गर्ने निर्णय गरेको विभागले जनाएको छ । त्यस्तै कूटनीतिक एजेन्सी एवं परियोजनाले गरेका २६९ वटा दाबीबाट ४३ करोड ८५ लाख रुपियाँ कर फिर्ता माग गरेकामा पाँच करोड ५९ लाख रुपियाँ मात्र फिर्ता गर्ने विभागले निर्णय गरेको छ ।

विभागले यसबाहेक लगातार क्रेडिट तथा निकासीको आधार तथा परियोजना अन्तर्गत ८४० करदाताले १९ अर्ब एक करोड ५७ लाख रुपियाँ फिर्ता दाबी माग गरेकामा ४९८ करदाताको पाँच अर्ब पाँच करोड रुपियाँ फिर्ता गरेको जानकारी दिएको छ । योसहित सबै गरेर विभागले गत आवमा चार अर्ब ५८ करोड २५ लाख रुपियाँ फिर्ता गरेको उल्लेख गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>