समाचार

आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छरिँदै

०
Banner

काठमाडौं, मंसिर २५-

मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएकोको छ।

यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।

श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने जन्ममृत्युको चक्रबाट मुक्त भइने चतुर्वर्ग चिन्तामणि नामक ग्रन्थमा उल्लेख छ।

फाइल फाेटाे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>