समाचार

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु

०
Banner

पोखरा, मंसिर २४-
पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुई जना युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५,जिरो बस्ने २४ वर्षीया भावना बराल रहेको कास्की प्रहरीले जनाएको छ ।

दिउँसो सवा ४ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका अनिशा र भावनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अनिशालाई अस्पताल लग्नेबित्तिकै ४ः३९ बजे मृत घोषण गरिएको थियो ।

भावनालाई पौने ६ बजे चरक अस्पताल रेफर गरिएकोमा सवा ७ बजे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए । कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई नियन्त्रणमा लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>