समाचार

झण्डै २९ तोला सुनका गरगहनासहित बाँकेका दुई युवा पक्राउ

०
Banner

दाङ, मंसिर २४-

बर्दियामा झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित बाँकेका दुई युवा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिक –१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई शनिबार बेलुकी साढे ६ बजेतिर चेकका क्रममा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित उनीहरू स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ गरिएको बताए। गोप्य सूचनाका आधारमा पुगेको जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले बारबर्दिया नगरपालिका–९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरूलाई पक्राउ गरेको एसपी शाहीले बताए।

इलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा चेकका क्रममा उनीहरूलाई पक्राउ गरिएको र पक्राउ परेकाहरूले सुनका गरगहना कहाँबाट ल्याइका हुन् भन्ने स्रोत खुलाउन नसकेको एसपी शाहीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>