राजनीति

गंगाबारे आरोप पुष्टि नभए अमरेशलाई नांगेझार पार्ने दीपशिखाको चेतावनी

Banner

काठमाडौं,मङ्सिर २४-

माओवादी युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् । सिंहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण आफूसँग रहेको बताएका थिए । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने उल्लेख गरेका थिए । सिंहको स्टाटस्पछि आक्रोशित भएका दीपशिखाले प्रमाण पेस गर्न चुनौती दिएका हुन् ।

‘माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’, सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>