समाचार

उड्दाउड्दै खस्यो तारा एयरको आपतकालीन ढोकाको सिसा

०
Banner

काठमाडौं,मंसिर २४-

उड्दाउड्दै तारा एयरको जहाजबाट ढोकाको सिसा खसेको छ। आज ९ बजेर ३१ मिनेटमा काठमाडौंबाट १ हजार १ सय २६ केजी समान लिएर उडेको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा उड्दाउड्दै खसेको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले काठमाडौंबाट उडेको जहाजको बीचमा नै आपतकालीन ढोकाको सिसा खसेको बताए ।

उनले भने, ‘ जहाजमा २ जना यात्रु पनि थिए । काठमाडौंबाट प्राविधिक जाँच पास भएरै उडेको हो । लुक्लामा ल्याण्ड गरेर हेर्दा सिसा झरेको थाहा भयो । जहाज र यात्रु सामान्य अवस्थामा छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>