समाज

पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

०
Banner

रूपन्देही, मंसिर २४-

पाल्पाको निस्दी गाउँपालिका वडा नं ४ मित्याल गाङ्सिङ डाँडामा आफैले बोकेका भरुवा बन्दुक पड्किएर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय डम्बरबहादुर सारुको यसरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रातको समयमा फापर खान आएको जङ्गली जनावार ९दुम्सी० मार्न जाने बेलामा बाटोमा चिप्लिएर आफैले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा राती ३ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>