अर्थ

साताको पहिलो दिन घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, मंसिर २४

साताको पहिलो दिन सुन र चाँदीको मूल्य घटेको छ । आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेसँगै एक लाख १७ हजार ५०० रुपैयाँमा कारोवार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदी एक हजार ४२५ रुपैयाँमा कारोवार भएको छ ।

यसअघि शुक्रबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० मा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area