समाचार
राप्ती नदीमा डुबेर एक जनाको मृत्यु
०

चितवन, मंसिर २४-
भरतपुर महानगरपालिका–२८ सालवास बस्ने २७ वर्षीय किरण मगरको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुकी ५ बजेको समयमा राप्तीमा डुबिरहेको अवस्थामा स्थानीय डुंगा चलाउने व्यक्तिले फेला पारी मगरको उद्धार गरेका थिए ।
उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा बेलुकी ५ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























