राजनीति

ओलीको आरोप: पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्‍यो

Banner

मंसिर २३-

गोरखा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन्। शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए। उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए।

सरकारले सार्वभौम सत्ता, स्वाधिनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ।

अध्यक्ष ओलीले भने, ‘विमानस्थल कसैले चलाउन पाउँदैनौ भनेर भित्र भनेको होला, बाहिर त भन्न सक्दैन नि। त्यसकारण एयरपोर्ट त चल्नुपर्छ। चीनलाई मात्रै टुरिस्ट लिएर आऊ भन्यो भने ५, १० लाख पयर्टक त उसले पोखरा एयरपोर्टमा ल्याउँछ। लुम्बिनी चलाउनुपर्‍यो नि। बुद्धिष्टहरू आउँछन्। तर सरकार यस्तो छ, पोखरामा पनि एयरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ। उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन? हाम्रो सार्वभौम सत्ता, स्वाधीनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>