अन्तर्राष्ट्रिय
इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु
०

बगदाद, मंसिर २३-
इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, “सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो ।”
प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन् । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























