देश/प्रदेश
फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
०

फुङ्लिङ, मंसिर २३-
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु पाँच लाख बराबरको क्षति भएको छ ।
सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिनुभयो ।
फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























