राजनीति

नेविसंघ अध्यक्ष शेर्पा भारत गएपछि कार्यवाहकको जिम्मेवारी बज्राचार्यलाई

Banner

काठमाडौं, मंसिर २३-

नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएपछि बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेविसंघको केन्द्रीय समिति ७०१ सदस्यीय भए पनि अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् ।

शेर्पा मंसिर २१ गतेदेखि २४ गतेसम्म दिल्लीको इन्द्रप्रस्थ नगरमा आयोजित अखिल भारतीय विद्यार्थी परिषदको ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका छन् ।

आफू भारत प्रस्थान गर्नुअघि शेर्पाले नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम बज्राचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>