देश/प्रदेश
भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ : मन्त्री किराँती
०

लुम्बिनी, मंसिर २३-
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताएका छन्।
नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उनले बताए ।
भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रवार आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतमबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताए।
उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























