देश/प्रदेश

१४ केजी सुन बरामद भएको विषयमा छानबिन गर्न समिति गठन

Banner

काठमाडौं, मंसिर २२-

दुबईबाट आएका यात्रु सुन बरामद भएको विषयमा छानबिनका लागि सदस्यीय समिति गठन गरिएको छ । प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजन १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको हो ।

उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए ।

गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको ७ थान (अन्दाजी १४ केजी) सुन बरामद भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area