देश/प्रदेश
आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले राहत दिने
०

विराटनगर, मंसिर २२-
आगलागीमा परि मृत्यु भएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । विराटनगर–७ सातघुम्ती स्थित कवाडी पसलमा भएको आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलाई महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउन लागेको हो ।
ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि जनही ५०–५० हजार राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























