देश/प्रदेश
पर्यटकको रोजाइमा महाकाली पुल

कञ्चनपुर, मंसिर २२-
कृषिमा सम्भावना बोकेको देवघाट गाउँपालिकाका स्थानीयहरू फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । देवघाटको अधिकांश भू–भाग पहाडमा पर्छ । पहाडका भीरपाखामा बाँदर खेल्ने गर्छन् तर किसानहरुले भिरालो जमिनलाई पनि कृषि कर्ममा उपभोग गरिरहेका छन् ।
देवघाट गाउँपालिका–३ छापस्वारामा सुन्तला खेतीको प्रवल सम्भावना रहेको गाँउपालिकाका अध्यक्ष तिलबहादुर थापा बताउँछन् । उनले यहाँका हरेक क्षेत्रमा लटरम्मै सुन्तला फलेको बताए । पुर्ख्यौली पेसा सुन्तला खेतीलाई पछ्याएका यहाँका ५०० घरधुरीले व्यवसायिक रुपमा सुन्तला लगाएर आयआर्जन गरेका छन् । थापाले भने, ‘गाँउपालिकामा वडा नं १, २, ३ र ४ मा सुन्तला धेरै उत्पादन हुने ठाउँ हो । ३ नं वडामा अझ बढी सुन्तला उत्पादन हुन्छ ।’
उनले अरु वडाहरुमा पनि स्थानीयलाई सुन्तला लगाउन आग्रह गरेको सुनाए । जग्गा खाली राख्ने किसानलाई पालिकाबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित गर्ने पालिकाले चेतावनी पनि दिएको छ । उनले भने, ‘जग्गा खाली नराख्नुहोस् । हामी तपाइँहरुलाई निःशुल्क रुपमा अनुदान दिन्छौँ । अरु सेवा सुविधा थप गर्दै जाने छौँ ।’ उनले सुन्तला खेतीका लागि अनुदान पनि दिने बताए ।
स्थानीय सुन्तला खेतीबाट पूर्णरुपमा लाभान्वित हुन भने नसकेको उनी बताउँछन्। उनले सुन्तला खेतीबाट किसानलाई लाभान्वित गराउनका लागि गाँउपालिकाले कृषि प्रवद्र्धन कार्यक्रममा ३० लाख रुपैयाँ बजेट छुट्याएर निःशुल्क सुन्तलाको बिउ वितरण गर्ने योजना रहेको सुनाए । उनले भने, ‘यहाँका स्थानीय यातायातका कारण समस्यामा भएकोले तत्कालै ठूला बाटो खोल्न सक्ने सम्भावना नभए पनि खुलेका बाटोलाई पूर्णरुपमा स्तरोन्नति गर्ने छौं ।’
उनले ४ नं वडाको काफलडाँडामा सुन्तला नर्सरी स्थापना गर्ने बताएका छन् । सबै ठाउँका हावापानीलाई मिल्ने गरी काफलडाँडाको अध्ययन गरी नर्सरी स्थापना गर्न लागेको उनको भनाइ छ । उनले नर्सरीबाट बिउ उत्पादन गरी अर्को वर्षबाट किसानलाई बिउ वितरण गर्ने योजना रहको सुनाए । नर्सरी स्थापना भएपछि व्यवसायिक रुपमा घरघरमा सुन्तलाको बिरुवा बितरण गरी किसानलाई सुन्तला लगाउन प्रेरित गर्दै जाने अध्यक्ष थापाले जानकारी दिए ।
यहाँको हावापानी फलफूल तथा पशुपालनका लागि उपयुक्त भएकै कारण आज यहाँका अधिकांश स्थानीयले बाँदर खेल्ने र पाती फूल्ने ठाउँमा लटरम्मै सुन्तला फलाएका छापस्वाँराका दिलकुमार श्रेष्ठले बताए । उनले भने, ‘केही हुँदैन भनेर नगरी बस्दा कृषिमा केही नहुँदो रहेछ । अहिले गर्दै जाँदा हामीले भीरमा सुन्तला फलाएका छौँ । यस क्षेत्रमा पहिलेबाट सुन्तला खेती सुरु गरिएको भए पनि धेरै सुन्तलाका बिरुवा मर्ने गर्थे । तर, अहिले व्यवस्थित रुपमा सुन्तला खेती गर्न सुरु गरेपछि ७÷८ वर्ष भयो हामीले सुन्तलाबाट राम्रो आम्दानी लिएका छौँ ।’
यस वर्ष आफूले गरेको सुन्तला खेतीबाट दुई लाख ५० हजार रुपैयाँ कमाइ गरिसकेको उनले बताए । गत वर्ष सुन्तला खासै राम्रो नफले पनि ५ लाख रुपैयाँ आम्दानी गरेको र यस वर्ष सुन्तला धेरै राम्रो फलेकोले आफूले झण्डै ७ देखि ८ लाखसम्म आम्दानी गर्न सक्ने अनुमान गरेको उनको भनाइ छ । उनले भने, ‘वर्षभरीको आम्दानी लिँदा र मेहनतको फल पाउँदा म निकै खुसी छु ।’
उनका अनुसार छापस्वराँका सात घरपरिवारले सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन् । उनको भने मुख्य आम्दानीको स्रोत सुन्तला खेतीसँगै बाख्रापालन पनि हो । उनले भने, ‘तीन वर्षको सहर बसाइपछि गाउँ फर्केर बारीमा सुन्तला लगाएँ । पछि सुन्तलाका बिरुवाले मल माग्न थाल्यो अनि मैले बाख्रापालन पनि सुरु गरे । सुरुमा १०÷१५ वटाबाट सुरु गरेको बाख्रापालनलाई बढाएर मैले ५०÷६० वटासम्म पु¥याएको छु । जसबाट गतवर्ष वार्षिक चार लाख आम्दानी गर्न म सफल भएको थिए । ’ तर, गाउँका स्थानीयले सुन्तला, बाख्रापालनलगायत अन्य कृषिकर्मबाट राम्रो आम्दानी लिन सक्ने भए पनि गाउँपालिकाले यस विषयमा चासो दिन नसकेको र अहिलेसम्म बाटोको व्यवस्था नभएको श्रेष्ठको भनाइ हो । उनकाअनुसार गाउँमा बाटो नभएकै कारण एक युवकले बिरामी भएरज्यान गुमाएपछि स्थानीयले पैसा उठाएर नदीमा अस्थायी बाटो बनाए । तर, अहिलेसम्म पालिकाबाट बाटोको लागि भनेर कुनै बजेट आएको छैन ।
उनले भने, ‘ यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ, काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा, बाटो नहुँदा यहाँका स्थानीयले आफूले गरेको मेहनतको उचित फल पाउन सकेका छैनन् ।’
त्यस्तै छापस्वाँराका ४२ वर्षीया विष्णुकुमार श्रेष्ठले पनि २१ वर्षपछि गाँउ फर्केर सुन्तला खेती गरेका छन् । २१ वर्षपछि गाउँ फर्किँदा गाँउका बारीमा स्थानीयले सुन्तला खेती गरेको देखेपछि आफूले गाउँमै सुन्तला खेती गरेको उनको भनाइ छ । उनका अनुसार अहिले उनको करिब २०० बोट सुन्तला छन् । यस वर्ष बोटले धान्नै नसक्ने गरी सुन्तला फलेको उनी बताउँछन् ।
१७ वर्ष मलेसियामा रगत पसिना बगाएका उनले भने, ‘सुन्तला फलेको देख्दा गाउँ छोड्न मन लाग्दैन । तर, बाटो राम्रो नभएर उत्पादित वस्तुले उचित मूल्य पाउन नसक्दा भने निकै दुःख लाग्छ । हामीले बाटो नभएकै कारण यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट पठाउनुपर्ने हुन्छ ।’ यसरी बिचौलियाको माध्यमबाट सुन्तला पठाउँदा ठूलो सुन्तलाको प्रति केजी ७० रुपैयाँ पर्ने र सानो सुन्तलाको मूल्य नै नआउने उनले बताए ।
त्यस्तै गाउँमा केरा उत्पादन पनि राम्रो भएको बताउँदै उनले भने, ‘हामीले गाँउमा उत्पादित १०० कोसा केरालाई १०० रुपैयाँमा बेच्छौँ भने त्यही केरा दमौलीमा किन्दा १२० रुपैयाँ दर्जन पर्न जान्छ । हामीले १ रुपैयाँ कोसा केरा बेच्न भन्दा भैँसीलाई खुवाउँछौँ ।’ उनकाअनुसार गाउँमा दूध, घ्यु, फलफूल, तरकारी तथा पशुपालन राम्रो भए पनि बाटोको समस्या हुँदा स्थानीय लाभान्वित हुन सकेका छैनन् । ‘हाम्रा लागि घुमाउनेको पुल निकै आवस्यक छ, उनले भने । रासस



























