देश/प्रदेश

गृहमन्त्री श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिन प्रचण्डलको आग्रह

Banner

काठमाडौँ, मंसिर २०-

बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका छन् ।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री प्रचण्डले उपचारमा कुनै कमी हुन नदिन पनि चिकित्सकलाई आग्रह गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले दिएको जानकारी अनुसार नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ हिजो मङ्गलवार अस्पतालमा भर्ना हुनुभएको हो । उहाँलाई डा। अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>