समाचार
वार्षिक २० अर्बभन्दा बढी दिन्छ भने त्रिभुवन विमानस्थल व्यवस्थापन करारमा दिँदा कसो होलाः मन्त्री किराती

काठमाडौं,मंसिर १६-
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन करारमा सञ्चालन गर्दा के होला भनी सुझाव मागेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सोधेका छन्, ‘बार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पनि सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिने गरी बार्षिक २० अर्ब भन्दा बढी दिन्छ भने म्यानेजमेन्ट कन्ट्रयाक (व्यवस्थापन करार) गरी सिंगापुर लागायत विश्वका चर्चित एयरपोर्टहरु जस्तै सञ्चालन गर्दा कसो होला रु’
मन्त्री किरातीका अनुसार हाल त्रिभुवन विमानस्थलले वार्षिक १२ अर्ब रुपैयाँ आम्दानी गरिरहेको छ । वार्षिक २० अर्ब रुपैयाँ भन्दा बढी दिन्छ भने व्यवस्थापन करारमा दिन सकिने आशयमा सुझाव मागेका छन् ।
मन्त्री किरातीले नेपाल वायु सेवा निगमलाई राष्ट्रिय वाणिज्य बैंकलगायतका संस्था झैं सञ्चालन गर्दा कसो होला भनेर पनि सुझाव मागेका छन् । यद्यपि यनले आफ्नो विस्तृत प्रस्ताव खुलाएका छैनन् ।

























