पत्रपत्रिका

जमेको हिमताल माथि पर्यटककाे लर्को

०
Banner

काठमाडौं, मंसिर १६-

चिसो बढेसँगै उत्तर–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आधार क्षेत्रमा अवस्थित हिमताल जमेर चट्टानझैं भएको छ। समुन्द्री सतहदेखि ४ हजार १ सय ९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटकले जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन्।

यो ताल अन्नपूर्ण हिमाल आधार क्षेत्रको प्रमुख आकर्षण केन्द्र मानिन्छ। करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल कडा चट्टानजस्तै जमेपछि आन्तरिक तथा बाह्य पर्यटक तालको मध्यभागसम्म पुगेर रमाउने गरेका छन्।

अन्नपूर्ण हिमालको फेदमा अवस्थित स्वच्छन्द निलो रङमा देखिने मनमोहक र आकर्षक यस तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। अत्यधिक चिसोले अन्नपूर्ण आधार क्षेत्रमा पर्ने साना ताल, बगिरहेका झरना र खोलाहरू पनि जम्न थालेका छन्। चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मी याममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

‘स्केटिङ खेल्न मिल्नेगरी तालको पानी कडा स्वरूपमा जमेको छ। भविष्यमा खेल पर्यटनको सम्भावना समेत छ,’ सुवेदीले भने। करिब २० हजार वर्गकिलोमिटर अनुमान गरिएको तालको पानी जमेर समथर बनेको अवस्थामा खेल–पर्यटनसँग समेत जोड्न सकिने उनले बताए।

निलो देखिने ताल जमेको अवस्थामा झनै सुन्दर देखिने गरेको छ। नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो)बाट हिउँ पग्लेर बनेको ताल जमेको हो। तालको माथिल्लो क्षेत्र हुँदै अन्नपूर्ण हिमालको आरोहणका लागि जाने क्याम्प १ तर्फको बाटो तथा आसपासका क्षेत्रमा भने हिमपात भएको छैन। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>