क्रिकेट
केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य
०

पोखरा, मंसिर १५-
केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेसका विशाल पटेलले सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३२ बलमा ३ चौका, ३ छक्का प्रहार गरे ।
कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएर आउट भए ।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३-३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























