चितवन विशेष
नेपाल आयुर्वेद औषधि व्यसायी संघ चितवनको वार्षिकोत्सवमा भरतपुर र गैँडाकोटमा विविध कार्यक्रम

चितवन, कात्तिक २१-
नेपालआयुर्वेद औषधि व्यवसायी संघ जिल्ला शाखा चितवनले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ ।
वार्षिकोत्सव विशेष कार्यक्रम अन्तर्गत कात्तिक १९ गते गैँडाकोट नगरपालिका वडा नं २ मा रहेको अपाङ्ग समाजविकास संस्थाका वृद्धवृद्धा तथाअसाहाय अशक्त व्यक्लिाई भोजन तथा खाद्य सामग्री र औषधि बितरण गरेको थियो । यस्तै २० गते सोमबार भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्क नारायगढमा वृहत् खुला रक्तदान कार्यक्रम गरिएको संस्थाले नारायणी अनलाइनलाई जनाएको छ । संस्थाका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवन, भिमसेन बचत तथा त्रृmण सहकारी संथा र स्याङ्जा नेवा गुठीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले सहभागी सबै संघसंस्था र रक्तदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा राज भण्डारी स्वागत मन्तव्य र वरिष्ठ आयुर्वेद चिकित्सक डा. चन्द्रकान्त ज्ञवालीले शुभकामना व्यक्त गरेका थिए । यस्तै वडा अध्यक्ष केशव महर्जनले रक्तदान कार्यक्रममा महिला सहभागितालाई जोड दिदै कार्यक्रम सफलताको शुभकामना दिए । रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका थिए । आज यस्तै २१ गते महानगरपालिका २९ को चौकिडाँडामा निः शुल्क स्वास्थ्य शिविर गरिएको छ ।
























