खेलकुद

चितवनको रत्ननगरमा कात्तिक २४ गतेबाट जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

Banner

चितवन, कात्तिक २०-

चितवनमा जिल्ला–स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा टिनएर्जर कोलाबोरेसनले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।

युवाहरूमा शारीरिक तन्दुरुस्ती र सक्रिय जीवनशैलीलाई प्रोत्साहन, प्रवद्र्धन गन र जिल्लामा रहेका खेलाडीहरुको पहिचान गरी खेलाडीको क्षमता अभिवृद्धि गर्न टिनएर्जर कोलाबोरेसनले कात्तिक २४ र २५ गते रत्तननगर नगरपालिकामा ३ स्थित बेल्सी नमुना मिनी कभर्ड हलमा प्रत्योगिता गर्न लागेको छ । जसमा सहभागिता जनाउन खेलाडीले एक हजार दस्तुर तिरेर कात्तिक २३ गते सम्म मार्फत् नाम दर्ता गर्न सक्छन् ।

त्यस्तै आइतबार कभर्ड हलमा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार  प्रतियोगितामा कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । चितवन जिल्लाका ७ स्थानीय तहसँग समन्वय गरेर टिनएर्जर कोलाबोरेसनलले गर्न लागेको ब्याडमिन्टन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोले क्रमशः १२ हजार, ८ हजार र ६ हजार पुरष्कार पाउने छन् भन् करिब ३०० विद्यार्थीले प्रतियोगिमा सहभागिता जनाउने अनुमान गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>