राजनीति
गण्डकी अधिवेशनमा प्यानल बनाएर चुनाव लड्दा जनस्तरमा राम्रो सन्देश गएनः ओली
०

पोखरा, कात्तिक १३-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडेकोमा असन्तुष्टि जनाउँदै यसले जनस्तरमा राम्रो सन्देश नगएको बताएका छन् ।
प्रदेश कमिटीका नवनिर्वाचित सदस्यहरुलाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य प्रदेशमा कतिपय ठाउँमा सर्वसम्मत हुँदा लोकतन्त्र कमजोर नभएको बरु कसैको कित्ताबन्दी नभएको बताए ।
अध्यक्ष ओलीले गण्डकीमा प्यानल बनाएर लड्दा स्वस्थ प्रतिस्पर्धा नभएको टिप्पणी जनस्तरबाट आएको भन्दै ओलीले अब एकताबद्ध भएर सबैलाई समेटेर अघि बढ्न निर्देशन दिए ।
अध्यक्ष ओलीले प्रतिस्पर्धा भनेको विचारमा हुने भन्दै एमालेभित्र विचारमा एकता भएका बेला पदका लागि प्रतिस्पर्धा हुँदा गलत प्रवृति भित्रिन सक्नेमा सचेत रहनसमेत आग्रह गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























