क्रिकेट

विश्वकप छनोटः सन्दीप प्लेइङ ११ मा आउँदा ललित राजवंशी बाहिरिए

Banner

काठमाडौँ, कात्तिक १३–

आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा नेपालका स्टार स्पिनर सन्दीप लामिछाने फर्किएका छन् ।

पहिलो खेलमा नेपालले आज सिंगापुरविरुद्ध खेल्दैछ । उक्त खेलमा सन्दीप प्लेइङ ११ मा फर्किदा अर्का स्पिनर ललित नारायण राजवंशी बाहिरिएका छन् । ललित भर्खरै उपचारपछि मैदान फर्किएका थिए । त्यसैले उनलाई आराम दिएर सन्दीप खेलमा फर्किएका हुन् ।

पहिलो खेलमा नेपाल फिल्डिङ गर्दैछ । टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पछि नेपाल फिल्डिङ गर्न लागेको हो ।

उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>