क्रिकेट

विश्वकप क्रिकेटः भारतले इङ्ल्यान्डलाई १०० रनले हरायो

Banner

काठमाडौँ, कार्तिक १२-
विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ।आज भारतको लखनऊमा सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले हराएको हो।
भारतले दिएको २३० रनको विजयी लक्ष्य इग्ल्याण्डले पुरा गर्न नसकि ३४ दशमलब ५ ओभरमा १२९ रन बनाउँदा सबै विकेट गुमायो।

यो जितसंगै भारतले अपराजित यात्रा कायमै राखेको छ।६ खेलमा ६ खेलै जितेर १२ अंकका साथ भारत अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।हारपछि इग्ल्याण्डले ६ खेलमा ५ हार र १ जितसंगै २ अंक बटुलेर तालिकाको पुछारमा रहेको छ।

इग्ल्याण्डका लियम लिविंगस्टनले २७ रन, डाविड मलानले १६ रन मोईन अलीले १५ रन,जॉनी बेयरस्टोले १४ रन, आदिल रशीदले १३ रन तथा कप्तान जॉस बटलरले १० रन बनाए । जो रूट र बेन स्टोक्स सुन्य सुन्य रनमा आउट भए।

भारतका लागि मोहम्मद शमीले ४ विकेट लिए।त्यसैगरी जसप्रीत बुमराहले तीन विकेट तथा कुलदीप यादवले दुई विकेट लिए।रवींद्र जाडेजाले एक विकेट हात पारे।

यसअघि इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएपछि भारतले निर्धारीत ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो। भारतका लागि सबै भन्दा वढि कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र ३ छक्कासंगै ८७ रन बनाए। सुर्य कुमार यादवले ४७ बलमा ४ चौका र १ छक्कासंगै ४९ रन बनाए । त्यसैगरी के।एल। राहुलले ५८ बलमा ३ चौकासंगै ३९ रनको योगदान दिए। भारतका विराट कोहली ० रनमा ,शुभमन गिल ९ रनमा,रवींद्र जाडेजा ८ रनमा , मोहम्मद शमी १ रनमा, जसप्रीत बुमराह १६ रनमा तथा श्रेयस अय्यर ४ रनमा आउट भए। कुलदीप यादव ९ रनमा नट आउट रहे। इग्ल्याण्डका डेविड विली तीन विकेट र क्रिस वोक्स र आदिल रशीदले दुई दुई लिए । त्यसैगरी मार्क वुडले एक विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>