क्रिकेट

हाम्रो एकमात्र लक्ष्य भनेको नै आगामी वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनु होः कप्तान पौडेल

Banner

काठमाडौं, कात्तिक १२-

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन्।

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले पछिल्लो ६ महिना ब्याटिङ राम्रो भएकाले नेपाली टोली आत्मविश्वासी रहेको बताए।

नेपाल सन् २०१४ को विश्वकपमा छनोट भए यता टी-२० विश्वकपमा छनोट हुन सकेको छैन। पछिल्ला तीन छनोट प्रतियोगितालाई बर्सिएर अहिलेको छनोटमा केन्द्रित हुने कप्तान पौडेलले बताए।

छनोट प्रतियोगिता घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको उनले बताए। उनले कुनैपनि टिमलाई सहज रुपमा नलिएको र छनोट हुने आफूहरुको लक्ष्य रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>