क्रिकेट

विश्व कप क्रिकेटमा पाकिस्तान एक विकेटले पराजित, दक्षिण अफ्रिका शीर्षस्थानमा 

Banner

काठमाडौं,कात्तिक ११-

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ । जितका लागि पछ्याएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका एडेन मारक्रमले ९१ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ५० र साउद साकिलले ५२ रन बनाए । दक्षिण अफ्रिकी बलर ताब्रिज साम्सीले ४ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिाकाको ६ खेलबाट १० अङ्क भएको छ । भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>