Breaking News

आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच चौथो खेल

Banner

काठमाडौं, वैशाख २०-

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः १५ बजे शुरु हुनेछ।

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २–१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।

पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल भइरहेको हो। आईसीसी टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>