मनोरञ्जन

जापानमा प्रदर्शन हुँदै ‘पुजार सार्की’

Banner

काठमाडौं, वैशाख २०-

नेपाली फिल्म ‘पुजार सार्की’ जापानमा पनि प्रदर्शन हुने भएको छ। मे २६ मा तोकियोस्थित नाकानो जेरो हलमा पुजार सार्की लाग्ने खिमराज शाहले जानकारी दिए । जापानका लागि खिमराजले प्रदर्शन अधिकार खरिद गरेका थिए। उनका अनुसार जापानका तीन दर्जन सहरमा फिल्म प्रदर्शनी निश्चित भएको छ।

फिल्म प्रदर्शनका लागि अभिनेता पल शाह पनि जापान जाने उनले बताए। ‘पुजार सार्की’ मा पल शाह, आर्यन सिग्देल, प्रदीप खड्काको मुख्य भूमिका रहेको छ।

विकास सुवेदीको लेखन तथा दिनेश राउतले निर्देशनमा बनेको फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन् भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ। फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायत कलाकारको पनि अभिनय छ।

फिल्म सुवास भुसालले निर्माण गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>