क्रिकेट

अष्ट्रेलियाले दियो पाकिस्तानलाई ३ सय ६८ रनको विशाल लक्ष्य

Banner

काठमाण्डौँ, कात्तिक ०३-
ओपनर डेविड वार्नर र मिचेल मार्शको सानदार शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानलाई ३ सय ६८ रनको विशाल लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनायो ।

डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले । वार्नर हरिस रौफको ४३ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा क्याच आउट भए । वार्नरको यो विश्वकपको पाँचौं शतक हो । ओडिआई करिअरमा सातौं पटक १ सय ५० औं रन बनाएका हुन् ।

अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३.५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार बनाएका थिए । मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भए । उनी शाहिन शाह अफ्रिदीको बलमा उस्मा मिरबाट क्याच आउट भएका थिए ।

लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल गोल्डेन डक आउट भए । उस्मान मिरको बलमा स्टिभ स्मिथ ७ रनमा कट एण्ड बोल्ड आउट भए । यी दुई ब्याटर बाहेक अन्यले भने ठूलो इनिङ खेल्न सकेनन् ।

मार्कस स्टोइनिस २१, जोश इंग्लिस १३, मार्नस लाबुसेन ८ र मिचेल स्टार्क २ रनमा आउट भए । प्याट कमिन्स ६ रनमा नट आउट रहे । पाकिस्तानलाई एक समय ४ सय माथि रन बनाउने अवसर थियो । तर अन्तिम १० ओभरमा ७० रन बनाउँदा ६ विकेट गुमाएको थियो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । हरिस रौफले ८ ओभरमा ८३ रन खर्चेर ३ विकेट लिए । उस्मा मिरले ९ ओभरमा ८२ रन खर्चेर १ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>