राजनीति

राष्ट्रपति पौडेलले कात्तिक अन्तिम साता फ्रान्स र जर्मनीको भ्रमण गर्ने

Banner

काठमाडौं,कार्तिक ३-

राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने भएका छन् । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । पेरिस पिस फोरम सम्मेलनको यो छैटौँ संस्करण हो । यो वर्ष सम्मेलनको थिम ‘प्रतिद्वन्द्वी विश्वमा साझा मैदानको खोजी’ रहेको छ ।

सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधि सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>