राजनीति

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था चीनको अस्पतालले सार्वजनिक गर्‍यो

Banner

काठमाडौं, कात्तिक २-

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको अस्पतालले जानकारी गराएको छ । श्रेष्ठ उपचाररत् पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतका साथ पूर्णरूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ।

त्यस्तै आज  बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ मार्फत् श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (OM)’  मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएकोसमेत अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>