देश/प्रदेश

उपप्रधानमन्त्री श्रेष्ठ उपचारका लागि थप केही दिन बेइजिङमै रहने

Banner

काठमाडौं, कात्तिक २-

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि थप केही दिन बेइजिङमै रहने भएका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै उनी उपचारका लागि केही दिन चीनको बेइजिङमै रहने जानकारी गराएका हुन्।

प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे आफूले जानकारी लिइरहेको र अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिआरआई फोरममा सहभागी हुन असोज २९ गते चीन गएका उपप्रधानमन्त्री श्रेष्ठले छाती दुख्यो भनेपछि गए राति अस्पताल पुर्‍याइएको थियो। अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>