समाचार

कोशीमा एमालेले ५ वटा मन्त्रालय दाबी गर्ने

Banner

काठमाडौँ, असोज ३०-
कोशी प्रदेश सरकारमा एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । कोशीमा मुख्यमन्त्रीसहित नौ वटा मन्त्रालय छन् । एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेसँगै एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रालय भागबण्डा गर्न सकस पर्ने देखिएको छ ।

मुख्यमन्त्री कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि मन्त्रालयको भागबण्डा गर्नुपर्ने एमालेको माग छ । यता मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने बताइसकेको छ भने कांग्रेसको संस्थापन पक्षले पनि विश्वासको मत दिने तयारी गरेको छ ।

कात्तिक १ गते बुधबार विश्वासको मत लिने आसयसहित प्रदेश सभा बैठक बोलाइएको छ । त्यसअघि आज मंगलबार मुख्यमन्त्री कार्कीले एमाले लगायतका दलसँग छलफल गरेर मन्त्रालय भागबण्डा टुंग्याउने तयारी गरेका थिए । तर, मंगलबार पनि कार्कीले समय अभाव भन्दै दलहरुसँग छलफल गरेका छैनन् ।

नेता भण्डारीका अनुसार एमालेले ५ वटा मन्त्रालयमा दाबी गरेको छ ।कांग्रेसको शेखर समूहका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

कोशीमा यसअघि एक वर्षको अवधिमा एमालेका हिक्मत कार्की र कांग्रेसका उद्धव थापा २२ पटक मुख्यमन्त्री बनेपछि एमालेका कार्कीले दोस्रो पटक विश्वासको मत नपाउने स्थिति बन्दा राजीनामा गर्न पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>