क्रिकेट

ओलम्पिकमा १२८ वर्षपछि क्रिकेट समावेश

Banner

काठमाडौँ, असोज २९- 

अब ओलम्पिक खेलकुदमा क्रिकेट पनि समावेश हुने भएको छ । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १४१औं सत्रमा क्रिकेटसहित ५ खेल ओलम्पिकमा समावेश गराउने निर्णय भएको हो ।

सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटसहित बेसबल/ सफ्टबल, फ्ल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएको छ । ओलम्पिकमा ट्वान्टी -२० फर्म्याटमा क्रिकेट प्रतियोगिता हुनेछ ।

ओलम्पिकमा करिब १२० वर्षपछि क्रिकेट खेल पुनः समावेश गरिएको थियो । यसअघि सन् १९०० मा पेरिसमा भएको ओलम्पिकमा क्रिकेटमा फ्रान्स र बेलायत सहभागी भएका थिए । यसअघि हालै चीनमा भएको एसियाली खेलकुदमा पुरुष र महिलातर्फ ट्वान्टी-२० क्रिकेट समावेश गरिएको थियो । त्यसअघि सन् २०१० र २०१४ को एसियाली खेलकुदमा पनि क्रिकेट समावेश थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>