चितवन विशेष
भरतपुरको अरोमा कलेजका विद्यार्थी अनमोल बीएस्सी एजीको प्रवेश परीक्षामा उत्कृष्ट
०

चितवन, असोज २८-
भरतपुरको अरोमा कलेजका विद्यार्थी अनमोल पौडेलले यस वर्षको कृषि तथा वन विश्वविद्यालय रामपुरको स्नातक तहको प्रवेश परीक्षामा पहिलो भएका छन् ।
बिगत तीन वर्षदेखि कृषितर्फको स्नातक प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको कलेजले जनाएको हो ।
यसअघि २०७८ सालमा कलेजका निजन शर्मा नेपाल भरबाट पहिलो भएका थिए भने गत वर्ष विसं २०७९ मा लक्ष्मी काफ्ले पहिलो भएको कलेजले नारायणी अनलाइनलाई जनाएको छ । कलेजका विद्यार्थीहरु एमबीबीएस, भेटनेरी र इञ्जिनियरिङका प्रवेश परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याइरहेको कलेजले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























