मकवानपुर

हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जना धरौटीमा रिहा

Banner

मकवानपुर, असोज २५–

हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतको आदेश अनुसार बुधबार नै उनीहरू धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ, रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही २ लाख रुपैयाँले धरौटी माग गरेको थियो ।

गत भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई हातपात गरेका थिए । सोही घटनामा संलग्न भएको भन्दै ४ जनालाई भदौ २९ गते प्रहरीले पक्राउ गरेको थियो भने अन्य २ जनालाई फरक फरक समयमा पक्राउ गरेको थियो ।

यसैगरी, मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोप थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका १२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>