क्रिकेट

अफगानिस्तान माथि भारतको ८ विकेटको सानदार जित, रोहितको विश्व कीर्तिमानी

Banner

एजेन्सी, असोज २४-
कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानमाथि ८ विकेटको सानदार जित हात पारेको छ ।
जितको लागि २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको शतकीय इनिङ खेले । उनको यो विश्वकपको सातौं शतक हो । यसअघि २०१५ को विश्वकपमा एक र २०१९ को विश्वकपमा पाँच शतक हानेका थिए ।

योसँगै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले पूर्व कप्तान सचिन तेन्दुलकरको ६, श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा र रिंकी पोन्टिङको ५(५ शतकको कीर्तिमान तोडेका हुन् । पहिलो विकेटका लागि ईशान किशन र रोहित शर्माले १८ दशमलव ४ ओभरमा १ सय ५६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ईशान ४७ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।

भारतका विराट कोहली ५६ बलमा ६ चौकासहित ५५ रनमा नट आउट रहे । श्रेयस ऐर २३ बलमा १ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । अफगानिस्तानका राशिद खानले ८ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । रोहित राशिद खानको बलमा बोल्ड भएका थिए । ईशान राशिदकै बलमा इब्राहिम जद्रानबाट क्याच आउट भएका थिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो । तर त्यो जितको लागि पर्याप्त थिएन । अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । त्यस्तै आजमतुल्लाह ओमरजाईले ६९ बलमा २ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए । चौथो विकेटका लागि शाहिदी र ओमरजाईले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

ओपनर रहमाउल्लाह गुरबाज २८ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा आउट भए । अर्का ओपनर इब्राहिम जद्रान २८ बलमा ४ चौकासहित २२ रनमा आउट भएका थिए । रहमात शाह १६, मोहम्मद नाबी १९, नाजिबउल्लाह जद्रान २, राशिद खान १६, मुजिब उररहमान १० र नविन उल हकले ९ रन बनाएका थिए ।

भारतको जितमा तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले १९१ विकेट लिए ।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तानले बंगलादेशसँग ६ विकेटले हारेको थियो । भारतले अव शनिबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानसँग खेल्नेछ । अफगानिस्तानले अव दिल्लीमा आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>